कीर्तिपुरमा नेपाली कांग्रेसको अग्रता कायमै छ। नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनको जारी मत गणनामा कांग्रेसको सुरुवाती अग्रता कायमै रहेको हो।
जारी मतगणनामा कांग्रेसका कृष्णमान डंगोल ७ सय ८९ मत ल्याउदा नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले ६ सय ६६, नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले ४६५ मत प्राप्त गरेका छन् ।
सुरुवती गणनामा एमाले तेस्रोमा र माओवादी केन्द्र दोस्रोमा रहदै आएकोमा पछिल्लो गणना अनुसार माओवादीलाई एमालेले उछिनेको हो।कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधनपछि उपनिर्वाचन भएको हो।
प्रकाशित: १७ मंसिर २०८१ ०८:४० सोमबार