१७ मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति बाइडेनले छोरालाई दिए माफी, न्याय दुरुपयोग भएको ट्रम्पको भनाई

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनको छोरा हन्टरलाई दिइएको माफीलाई न्यायको दुरुपयोग भन्दै आलोचना गरेका छन्।  

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म, ट्रुथ सोसलमा लेखेका छन्, ‘के जो बाइडेनले हन्टरलाई दिएको माफीमा वर्षौंदेखि जेलमा रहेका जनवरी ६ का कैदीहरू पनि समावेश छन्? यो न्यायको खुला दुरुपयोग हो।’

राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई दुई आपराधिक मुद्दामा माफी दिएका छन्। हन्टर बाइडेनलाई कर छली र अवैध बन्दुक राखेको मुद्दामा दोषी ठहर गरिएको थियो।

बाइडेनले आफ्नो छोरा हन्टरलाई औपचारिक रूपमा माफी दिँदै भने, ‘मैले पदभार ग्रहण गरेको दिन, मैले न्याय विभागको निर्णयहरूमा हस्तक्षेप नगर्ने भनेको थिएँ, र मैले मेरो छोरालाई अनुचित अभियोगको सामना गरेको देख्दा पनि त्यो वाचा पूरा गरें।’

यो निर्णय बाइडेनको अघिल्लो भनाइसँग विरोधाभासी छ, जसमा उनले आफ्नो छोराको अपराध माफ नगर्ने बताएका थिए। हन्टर बाइडेनले सेप्टेम्बर २०२४ मा कर छली र अवैध बन्दुक कब्जाको मुद्दामा आरोप स्वीकार गरेका थिए।

प्रकाशित: १७ मंसिर २०८१ १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App