सुनसरीको गढी गाउँपालिका वडा नं. ६ मा आइतबार भएको उपनिर्वाचनमा दुई हजार ६४५ मत खसेको छ।
कुल तीन हजार ६२२ मतदाता रहेकोमा पुरुष एक हजार २५८ र महिला एक हजार ३८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ।
गढीको वडा नं. ६ मा पाँच वटा मतदान केन्द्रबाट मतदाताले मतदान गरेका थिए। जसमा जनता माध्यमिक विद्यालयमा तीन वटा र राष्ट्रिय आधारभूत विद्यालयमा दुईवटा केन्द्र तोकिएको थियो।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा गढी वडा नं. ६ बाट एमालेका षडानन्द उरावले ७१२ मत ल्याएर विजयी भएका थिए। उनको निधनपछि यस वडामा चुनाव भएको हो।
२०७४ सालको निर्वाचनमा गढी वडा नं. ६ नेपाली कांग्रेसले जितेको थियो। यस पटकको निर्वाचनमा ११ जनाले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका छन्।
प्रकाशित: १६ मंसिर २०८१ १८:१७ आइतबार