जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि मतदान सुरु भएको छ। जाजरकोटको नलगाड ३ मा ९३ वर्षका जेष्ठ नागरिक अर्जुन थापाले पहिलो मत खसालेर मतदान उद्घाटन गरेका हुन्।
नलगाडमा २०७९ सालको निर्वाचनबाट उपप्रमुखमा नेपाली कांग्रेसका सरिता सिंह निर्वाचित भएकी थिइन्। सिंहको गत वर्ष भूकम्प (कात्तिक १७) मा परेर मृत्यु भएपछि त्यहा उपनिर्वाचन भएको हो। त्यहा विभिन्न दलबाट ६ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन्।
तस्विर : कृष्ण थापा मगर
प्रकाशित: १६ मंसिर २०८१ ०८:१६ आइतबार