२५ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

क्रान्तिकारी कम्युनिष्ट पार्टीमा जनयुद्धको समीक्षा हुने, वैद्यले भने- कमजोरी भएकै हो

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यले १० वर्षे सशस्त्र माओवादी जनयुद्धमा कमी कमजोरी भएको स्वीकारेका छन् ।

उनी नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीको जारी महाधिवेशनमा प्रेषित दस्तावेजमा उनले जनयुद्धमा कमजोरी भएको स्वीकारेका हुन् । उनले भनेका छन्, 'केही कमजोरी भएका हुन् । मिलेसम्म अब सुधारेर जाने हो ।'

क्रान्तिकारी कम्युनिष्ट पार्टीमा पूर्वमाओवादी र पूर्वमसाल गरी दुई धार छन् । खासगरी पूर्वमसाल खेमाले जनयुद्धको समीक्षा हुनुपर्ने आवाज उठाउँदै आएको छ ।

पूर्वमसाल खेमाले त्यसलाई 'उग्र वामपन्थी भड्काउ' भन्दै आएको छ भने त्यसमाथि समीक्षा हुनुपर्ने माग गरेको छ । एक नेताले नागरिकसँग भने, 'उहाँहरूको भनाइचाहिँ के छ भने त्यो पछि प्रमाणित पनि भयो । पछि संसदीय भासमा डुबेकै हो भन्ने कुरा छ ।'

वैद्यले पनि उनीहरूको कुरा काटेका छैनन् । बरु केही कमी कमजोरी भएको स्वीकार्दै थप समीक्षा गरेर अगाडि बढ्ने वचनबद्धता गरेका छन् ।

ती नेता वैद्यलाई उद्धृत गर्दै भन्छन्, 'केही कमजोरी भएकै हुन् । अब मिलेसम्म सुधारेर अनि समीक्षा गरेर अगाडि बढ्नुपर्छ । अहिले आएर यसलाई ठूलै बनाइहाल्नु पनि उपयुक्त हुँदैन । तर, समीक्षाचाहिँ अवश्य हुनुपर्छ ।'

वैद्य २०५२ सालदेखि १० वर्षसम्म चलेको सशस्त्र युद्धको प्रमुखमध्येका एक नेता हुन् । जनयुद्ध सुरु गर्ने निर्णय गर्दा माओवादीमा १९ सदस्यीय केन्द्रीय समिति थियो । जसमध्ये वैद्य पनि प्रमुख नेता थिए ।

शान्ति प्रक्रियापछि पनि उनी झन्डै ६ वर्ष माओवादीमै बसे तर, २०६९ सालसम्म छुट्टै पार्टी बनाए । उनीसँगै छुट्टिएका कतिपय नेताहरू पुन: माओवादीमै फर्किएका छन् ।

त्यसबीचमा उनको पार्टीमा पूर्वमसाल पृष्ठभूमिका नेताहरू मिसिए । त्यसपछि पुन: जनयुद्धको समीक्षा हुन लागेको हो ।

प्रकाशित: १४ मंसिर २०८१ १९:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App