७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई चीन भ्रमणमा ऋणमा सही नगर्नु भनेका छौँः कांग्रेस नेता निधि

नेपाल काँग्रेसका नेता विमलेन्द्र निधीले राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन्। शुक्रवार (आज) जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता निधीले हतारमा सम्झौता गरेर पछुताउनु भन्दा विस्तृत रुपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्नेमा जोड दिए। 

उनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआई चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा के गर्छ भन्ने विषय चासोका साथ हेरिएको उल्लेख गरे। निधिले नेपाली काँग्रेसले चीनबाट बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनैपनि विकासका कुराहरुमा अनुदान मात्रै लिने नीति अंगालेको बताए।  

बिआरआईअन्तर्गत ऋण लिन आफूहरुले नचाहेको उनको भनाई थियो। बिआरआई प्रोजेक्टमा व्यापक, विस्तृत रुपमा राष्ट्रियस्तरमा छलफल हुनु जरुरी रहेको भन्दै उनले भने, ‘बिआरआई चिनियाँ पोलिसी हो। त्योअन्तर्गत हाम्रो स्ट्याण्ड चर्चाको विषय छ। प्रधानमन्त्री ओलीको भ्रमणको विषयमा केके कुरा सही गर्ने रु केके कुरा सम्झौताहरु गर्ने भन्ने विषयमा।’  

उनले थप्दै भने, ‘नेपाली काँग्रेसको शुरुदेखि नै आधिकारिक विषय के छ भने चीनबाट हामीले बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनैपनि विकासका कुराहरुमा अनुदान मात्रै लिन्छौँ। लोन (ऋण)मा हामी जाँदैनौँ। मुल विषय त्यही हो। हाम्रो तर्फबाट शेरबहादुरजीले र पार्टीले प्रधानमन्त्रीज्युलाई भनिसक्नुभएको छ। चीन जाँदाखेरी अनुदान बाहेक लोनमा सही नगर्ने भनेर। बिआरआई प्रोजेक्टको बारेमा हाम्रो धारणा के हो भने यसको बारेमा व्यापक, विस्तृत छलफल हुनुपर्छ, राष्ट्रियस्तरमा छलफल हुनुपर्छ । त्यतिमात्रै होइन, म त अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छु। बिआरआई प्रोजेक्ट नेपालको हितमा छ की छैन रु बिआरआई पोलिसीअन्तर्गत केके विषय हो, त्यसको बारेमा व्यापक छलफल हुनुपर्छ।’  नेता निधीले बिआरआईमाथि व्यापक छलफल जरुरी रहेकोमा जोड दिएका छन्। 

प्रकाशित: ७ मंसिर २०८१ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App