११ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसको प्रश्न: हिरासतमा दलको बैठक बसेर प्रतिशोध साधेको निर्णय गर्न पाइन्छ ?

नेपाली कांग्रेसले हिरासतमा दलको बैठक बसेर सरकारले प्रतिसोध साँधेको निर्णय गर्न पाइन्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न गरेको छ।

कांग्रस प्रचार प्रसार विभागका प्रमुख मिन विश्वकर्माले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो कस्तो प्रहरी हिरासत हो जहां दलको बैठक वसेर सरकारले प्रतिसोध साधेर हिरासतमा राखेको निर्णय गर्न पाईन्छ ? यो सुविधा हो कि यातना? यो क–कस्लाई प्राप्त हुन्छ ? जानकारी सबैलाई हुनुपर्छ !’

रास्वपाका शीर्ष नेताहरू जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग सोमबार भेट गरेका छन्।

सभापति लामिछानेसँगको भेटपछि उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले प्रतिशोध साध्नकै लागि सभापतिलाई अनावश्यक हिरासतमा राखेको बताएका थिए। डा.वाग्लेको उक्त अभिव्यक्ति पछि कांग्रेस नेता विश्वकर्माले सो प्रश्न गरेका हुन्।

प्रकाशित: २७ कार्तिक २०८१ ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App