राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आइतबार(कार्तिक २५ गते) फेरी पोखरामा प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा प्रदर्शन गरिरहेको रास्वपाले छठ पर्व चल्दै गर्दा केही दिन प्रदर्शन रोकेको थियो ।
छठ सकिए लगत्तै पुनः प्रदर्शनका कार्यक्रम जारी राख्ने उद्देश्यले रास्वपाले आइतबार पोखरामा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । ‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि’ पोखरामा बिहान १० बजे प्रदर्शन गर्ने भन्दै रास्वपाले प्रचारप्रसार गरिरहेको छ । प्रदर्शन पोखराको जिरो किलोमा हुने प्रचार सामग्रीमा उल्लेख छ ।
प्रकाशित: २४ कार्तिक २०८१ ११:३९ शनिबार