७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ग्रामथान अध्यक्षमा कांग्रेसबाट सरदार उम्मेदवार

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

बिहीबार विराटनगरमा बसेको जिल्ला संसदीय समितिको बैठकले सर्वसम्मत रुपमा पूर्व महासमिति सदस्य सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए।

माझीका अनुसार जिल्ला सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले काङ्ग्रेसबाट १७ जना आकांक्षी मध्येबाट सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। माझीले प्रदेश र पालिकाका पदाधिकारीसहितको बैठकबाट निर्वाचन परिचालन समितिका संयोजक चयन गरी निर्वाचन प्रचारप्रसार थाल्ने कांग्रेसले तयारी गरेको छ।

यस्तै पालिकाका सबै वडामा एक—एक जना जिल्ला समितिका पदाधिकारीलाई पनि चुनाव प्रचारप्रसारका लागि खटाउने तयारी गरिएको उपसभापति माझीले जानकारी दिए। यस अघिको निर्वाचनमा पनि ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। उनको मृत्यु भएपछि ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उप निर्वाचन हुन लागेको हो। 

ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रले नवोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। यता नेकपा एमालेले भने अझैसम्म उम्मेदवारको नाम टुंगो लगाइसकेको छैन। 

प्रकाशित: २२ कार्तिक २०८१ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App