९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा सांसद भन्छन्: जिबीलाई जिबी बनाउनेलाई सरकार उम्काउँदै छ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद गणेश पराजुलीले सरकार वास्तविक सहकारी ठगमाथि कारबाही भन्दा पनि रास्वपा विरुद्ध षडयन्त्रमा लागेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित रवि पक्राउविरुद्धको प्रदर्शनका क्रममा आयोजित कोणसभामा बोल्दै सांसद पराजुलीले यस्तो आरोप लगाएका हुन् । 

‘सरकार त रास्वपा विरुद्ध सानातिना आरोपलाई लिएर तानाबाना बुन्न लागिरहेको छ,’ उनले भने,‘ठग भन्दै कस्टडीमा थुन्न लागिरहेको छ ।’ रास्वपाका सबै सांसद थुनामा पर्न तयार रहेको पनि उनले बताए । 

सांसद पराजुलीले जिबी राईलाई जिबी राई बनाउनेलाई सरकार उम्काउन लागेको पनि बताए । उनले भने, ‘जिबी राईलाई जिबी राई बनाउनेलाई उम्काउन सरकार लागिरहेको छ । के उनी एक्लैले १६ अर्ब हिनामिना गर्न सके होलान् त ?’ 

रास्वपा संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा हिनामिना भएको पूरै ८७ अर्ब रकम र त्यसमा संलग्न दोषीलाई कारबाही गर्न माग गरिरहेको  पराजुलीले बताए । 

प्रकाशित: ९ कार्तिक २०८१ १५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App