९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाले शुक्रबारबाटै काठमाडौंमा प्रदर्शन गर्ने, माइतीघरमा भेला हुन कार्यकर्तालाई आह्वान

<br>

पोखरामा प्रदर्शन गर्दै रास्वपा कार्यकर्ता ।

कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ। 

अदालतको आदेशको केही घण्टापछि नै रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शुक्रबार दिउँसो १ बजे माइतीघर मण्डलामा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको हो। प्रदर्शनमा सहभागी हुन रास्वपाले सबैलाई आह्वान गरेको हो ।  

अब अभियानकै रूपमा अगाडि बढिसकेको बताउँदै रास्वपा नेताहरुले ओली सरकारविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने जानकारी दिए ।  

आन्दोलनको तयारीस्वरुप काठमाडौंमा उपलब्ध जिल्ला, प्रदेश र केन्द्रका नेताहरूको बैठक बसेको छ। बैठकमा आन्दोलनलाई शान्तिपूर्ण बनाउने, व्यवस्थित गर्ने लगायत विषयमा छलफल भएको थियो। सभापति लामिछाने पक्राउको विरोधमा रास्वपा कार्यकर्ताले गत शनिबारदेखि नै पोखरामा समेत प्रदर्शन गरिरहेको छन् । 

प्रकाशित: ८ कार्तिक २०८१ १८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App