८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजनीतिक प्रतिशोध साँध्न सभापतिलाई पक्राउ गरिएको होः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँध्नका लागि पक्राउ गरिएको बताएको छ।

पार्टीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले लामिछानेलाई पोखरा ल्याएर थुनामा राखेको १ सय २५ घण्टामा ४–५ घण्टामात्रै बयान लिनु नै राजनीतिक प्रतिशोध रहेको पुष्टि भएको बताए।

उनले भने, ‘हाम्रो सभापतिलाई दाल भात खुवाउन ल्याएको हो पोखरा ? देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भयो,’ उनले भने, ‘१२५ घण्टामा ४–५ घण्टामात्रै बयान भएको छ। कागजात पुगेन भनेर फेरि म्याद थप्ने तयारी गरेको छ।’

उनले न्यायपालिकाबारे आफ्नो पार्टीका कसैले नकारात्मक टिप्पणी नगरेको पनि बताए।

उनले भ्रष्टाचार गरेको हो भन्ने विषयमा कुनैपनि प्रतिवेदनमा प्रमाणित नभइसकेको अवस्थामा सभापतिलाई पक्राउ गर्नु उचित नभएको पनि बताए।

न्यायालयले जस्तो फैसला सुनाए पनि विमति राख्नुपर्ने अवस्था आए पनि स्वीकार गर्छौ भन्दै उनले कार्यपालिकाको प्रतिनिधिमाथि प्रश्न उठाएका हौँ। छानीछानी डीएसपी र सीडीओ पठाउने काम भएको बताए।

प्रकाशित: ८ कार्तिक २०८१ १०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App