५ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

पोखराको सडकमा रास्वपाका नेता र कार्यकर्ता (तस्बिरहरू)

पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले सोमबार पनि प्रदर्शन जारी राखेका छन्।

पोखराको पृथ्वी चोकमा रास्वपाका नेता तथा कार्यकर्ताहरू जम्मा प्रदर्शन गरिरहेका छन्। आइतबार पनि उनीहरुले प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा अश्रुग्याँस हानेको थियो।

सहकारी ठगी प्रकरणमा प्रहरीले रवि लामिछानेलाई शुक्रबार पक्राउ गरेको थियो। लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीमा पेस गरिएको थियो। अदालतले लामिछानेमाथि छानबिन गर्न ६ दिनको म्याद थप गरेको छ।

प्रकाशित: ५ कार्तिक २०८१ १७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App