४ कार्तिक २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखरामा दुवै समूह शक्ति प्रदर्शनको तयारीमा, सुरक्षा व्यवस्था कडा

अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा  प्रदर्शनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज पनि विरोधका कार्यक्रम जारी राख्ने बताएको छ।रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले नियोजित रुपमा सरकारले आफ्ना सभापतिलाई  पक्राउ गरेकाले विरोधका कार्यक्रम जारी राखिएको बताए।उनका अनुसार पोखराको शहीद चोकमा विरोधको कार्यक्रम राखिएको छ। यसका लागि रास्वपाका शीर्ष नेताहरु यसअघि नै पोखरा पुगिसकेका छन्।

यसैबीच,पोखरामा सहकारी पीडित र रास्वपाका नेताकार्यकर्ता आमने–सामने हुनसक्ने भन्दै प्रशासनले  सुरक्षा व्यवस्था कडा पारेको छ।रविलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन्।रास्वपाका अधिकांश शीर्ष नेताहरु पोखरा पुगेर शनिबारदेखि नै प्रदर्शन तथा दबाव कार्यक्रम गरिरहेका छन्।

रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् भने सहकारी पीडितहरुले पनि अनुसन्धान र न्यायका निम्ति दबाब दिन भन्दै सम्पूर्ण पीडितलाई राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन्।

सहकारी पीडितका पक्षमा उपस्थित हुन कांग्रेस, एमालेका नेताहरुलेसमेत सर्वसाधारणलाई दबाब सभामा आउन आह्वान गरिरहेका छन्।दुवै समूहले आफ्नो पक्षमा माहौल बनाउन शक्ति प्रदर्शनको तयारी गरेपछि  प्रशासनले पोखरामा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको छ।  

प्रकाशित: ४ कार्तिक २०८१ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App