१६ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

जनप्रतिनिधिबाट कार्यकक्षमै प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार

पर्वतको जलजला गाउँपालिकामा लोकसेवा आयोगबाट दुई जना स्वास्थ्यका एचए कर्मचारीहरू पदपूर्ति गरी करारका कर्मचारी हटाएको भन्दै जनप्रतिनिधिबाट दुर्व्यवहार भएपछि गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरू एकसाथ आन्दोलनमा उत्रिएका छन्।

मङ्गलवार गाउँपालिकाको कार्यालयमा कार्यालय समयमा गाउँपालिकाकै जिम्मेवार केही पदाधिकारी (जनप्रतिनिधि)बाट कर्मचारीहरूले आफूहरूमाथि दुर्व्यवहार भएको भन्दै बुधवारदेखि आन्दोलन गरेका हुन् ।

कार्यालय समयमा जिम्मेवार पदाधिकारीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी नेमप्लेट र सूचना अधिकारीको बोर्ड समेत कार्यालय परिसर बाहिर फाल्ने, अमर्यादित र धम्कीपूर्ण शब्दहरूको प्रयोग गरी तथानाम गालीगलौज गर्ने तथा अन्य शाखाहरूका कर्मचारीहरूलाई समेत धम्काउने जस्ता अनुशासनहीन क्रियाकलापहरू भएकाले कर्मचारीले आन्दोलन गर्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद आचार्यले बताए । 

‘दुई जना करारका कर्मचारीको सम्झौता रद्द गरेर उहाँहरूलाई पदपूर्ति पदस्थापन ग¥यौं । त्यही निर्णयको विरुद्ध उहाँहरूले कर्मचारीलाई तपाईँले निकाल्न पाउनुहुन्न, तपाईँले यसरी हाम्रा कर्मचारी निकाल्दिने ? भन्दै हामीमाथि दुर्व्यवहार भयो’ आचार्यले भने ।

उनले  जनप्रतिनिधिको टोलीले कार्यकक्षमा प्रवेश गरेर नेमप्लेट फालेको र सूचना अधिकारीको बोर्ड समेत कार्यालयबाट फालिदिएको बताए । कार्यालयको नियमित काम सञ्चालन गर्दै गर्दा ४ नम्बर वडाध्यक्षज्यू, ३ नम्बर वडाध्यक्षज्यू, २ नम्बर वडाध्यक्षज्यू र कार्यपालिका सदस्य भीमसेन विश्वकर्मा कार्यालयको कार्यकक्षमा प्रवेश गरी ४ नम्बरको वडाध्यक्षज्यूले तथानाम गालीगलौज गरेको प्रशासकीय  अधिकृत आचार्यको भनाई छ ।

जनप्रतिनिधिको टोलीले अन्य शाखाहरूमा समेत प्रवेश गरी कर्मचारीहरूलाई तँ काम नगर जा भन्ने खालको धम्कीपूर्ण भाषा प्रयोग गरी अभद्र व्यवहार गरेकाले हामीलाई सहज रुपमा काम गर्ने वातावरण नभएको बताए ।

स्वास्थ्य शाखामा कर्मचारीको पदपूर्तिको विषयलाई लिएर गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यबाट कर्मचारीमाथि गलत क्रियाकलाप भएकाले कार्यालयमा रही काम गर्न उचित वातावरण नभएकाले कार्यालयमा सहज रुपमा काम गर्ने वातावरण नबन्दासम्म गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक कामबाहेकका सम्पूर्ण सेवा प्रवाह गर्न नसकिने कर्मचारीको भनाई छ ।

यता जलजला ३ का वडाध्यक्ष एकेन्द्र केसीले भने आफू गाउँपालिकाको कार्यालयमा पुग्दा विवाद सामान्य भैसकेको बताउँदै करारका कर्मचारीलाई दसैँसम्म राखेर अध्यक्ष फर्किएपछि कर्मचारीको व्यवस्थापन गर्नुपर्ने माग गरेको बताए । यता गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले कर्मचारीलाई भयरहित वातावरणमा कार्यसम्पादन गर्ने वातावरण बनाउने बताए ।

उनले निजामती कर्मचारीको पदस्थापन भएपछि करारका कर्मचारी हट्ने बताउँदै जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्धलाई सुमधुर बनाउँदै कार्यसम्पादनलाई प्रभावकारी बनाउने बताए ।करारका कर्मचारी निजामती आएमा अटोमेटिक रुपमा पुनर्स्थापना गर्दा विस्थापित गर्नुपर्ने सर्वमान्य सिद्धान्त छ ।स्थानीय तहमा राजनीतिक नियुक्ती, आस्थाका भरमा नियुक्ती गरिएका कर्मचारीकै कारण बेलाबेलामा विवाद हुन्छ । 

प्रकाशित: १६ आश्विन २०८१ १९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App