३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

घन्टी बजाएर सुरु भयो रास्वपाको केन्द्रीय परिषदको राष्ट्रिय भेला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषदको राष्ट्रिय भेला सुरु भएको छ। आज र भोलि काठमाडौंको प्रज्ञा भवन कमलादीमा जारी रहने भेलाको पार्टी सभापति रवि लामिछाने लगायत परिषद सदस्यहरूले घन्टी बजाएर उद्घाटन गरेका हुन्।

आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ। आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिनेछ। आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्वल र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ।

भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ। भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ।

भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव सोमवार बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ। राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पंक्तिलाई आग्रह गरेको छ। पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने नेताहरुले विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १ आश्विन २०८१ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App