३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

हवाई उड्डयनमा सेवा प्रदाय र नियामक निकाय छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्‍मा : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानविन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयक मन्त्रीपरिषदमा पेस भईसकेको बताएका छन् ।  

सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँग मन्त्री पाण्डेले उच्च अदालतका पूर्वन्यायाधीशको संयोकत्वमा उच्चस्तरीय छानिविन समितिको प्रस्ताव मन्त्रिपरिषदमा प्रवेश भईसकेको बताएका हुन्।  

मन्त्री पाण्डेले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तरमन्त्रालय स्तरमा काम भईरहेको जानकारी दिँदै अहिले प्रस्तावित छानविन समितिमा यसअघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनहरूलाई रिफ्रेन्सका रूपमा लिएर अघि बढ्ने उल्लेख गरे । अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास रहन उनको आग्रह थियो । 

मन्त्री पाण्डेले हवाई दुर्घटनाका विषयमा संसदमा समेत सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएर छलफल समेत भईसकेको बताउँदै मन्त्रालय र मातहतका निकायमा संस्थागत र संरचनागत कुरामा सुधार गर्दै अघि बढिरहेको बताए । 

प्रकाशित: ३१ भाद्र २०८१ १४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App