राष्ट्रिय सभाका दुई समितिमा नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा र विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा दाहाल निर्वाचित भएका थिए । शर्मा माओवादी निकट र दाहाल एमालेकी सांसद हुन् ।
उनीहरुलाई एक कार्यक्रमबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
प्रकाशित: ३१ भाद्र २०८१ १२:५५ सोमबार