१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरि आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए।

भेटमा दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो। यस्तै, दुवै देशमा आ-आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो।

भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाए, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।

प्रकाशित: ३० भाद्र २०८१ १५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App