२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले पर्यटन विकासमा सघाउँछः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बूढानीलकण्ठमा निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गरेका छन्।

प्रधानमन्त्रीले दुई अर्ब ५० करोडको लगानीमा निर्मित एक सय दुई शय्यायुक्त होटलको उद्घाटन गरेका हुन्।

होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको बताए।

प्रधानन्त्री ओलीले सुशासनसहित जनतालाई छिटोछरितो  सेवा दिन सरकार क्रियाशील रहेको बताए।

‘व्यवसायीहरू निर्बाध रूपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ। कामका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन। सरकारी निकायले गर्ने कामको फाइल रोकिँदैन। कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने पत्ता लगाउन हामीले प्रविधि बनाइसकेका छौँ।’

प्रधानन्त्री ओलीले भने, ‘तपाईहरू पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस्। सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुने छैन।’

प्रकाशित: २९ भाद्र २०८१ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App