सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति प्रतिवेदनलाई अन्तिम रूप दिने तयारीमा व्यस्त रहेको छ ।
शुक्रवार बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् ।
शुक्रवार नै गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि प्रतिवदनलाई अन्तिम रूप दिने कार्य टुङ्ग्याउने सभापति थापाले जानकारी दिए । समितिले गृहमन्त्री लेखकसँगै गृह सचिव र प्रहरी प्रमुखलाई पनि छलफलका लागि बोलाएको उनले बताए ।
प्रकाशित: २८ भाद्र २०८१ १६:०० शुक्रबार