२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

कोशीमा मन्त्रीमण्डल विस्तार, कांग्रेसका ४ मन्त्रीद्वारा शपथग्रहण

कोशी प्रदेश सरकारले आज लामो समयपछि पूर्णता पाएको छ। नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारमा ३ मन्त्री र १ राज्यमन्त्री पठाएका छन्। जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्री र खगेनसिं हाङ्गामले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै शपथ ग्रहण गरेका छन्।

यस्तै भूमिप्रसाद राजवंशीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

यसअघि नै एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्री लिने सहमति भएको थियो।

असार १७ गते केन्द्रमा एमाले कांग्रेसको गठबन्धन बनेपछि गत साउन ११ गते सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका थिए।

प्रकाशित: २८ भाद्र २०८१ १०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App