२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

बाबुरामको दाबी: जनयुद्ध नेपाल राज्य बने यताकै सबैभन्दा ठूलो परिघटना

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्ध नेपाल राज्य बने यताकै सबैभन्दा ठूलो परिघटना भएको बताएका छन्।

बिहीकार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै भट्टराईले यस्तो दाबी गरेका हुन्।

नेपाली भुईं तहको जनता लाखौं संख्यामा कुनै अभियानमा सहभागी भएको पहिलो परिघटना भएको उनले सुनाए।

"जनयुद्ध भनेको नेपाल राज्य बने यताको सबैभन्दा ठूलो परिघटना हो। नेपाली भुईं तहको जनता त्यो लाखौं, पचासौं लाखको हिसावले कुनै अभियानमा सहभागी भएको थियो भने कि त सुगौली सन्धी भन्दा अघिको राज्य बिस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य बिस्तार हुँदा नेपालका सबै तह र तप्काका महिला र बालबालिकाहरु राज्य निर्माणमा सहभागी भएका थिए। कि त माओवादी जनयुद्धकै क्रममा देशभरकै सम्पूर्ण तह र तप्काका जनता सहभागी भएको थियो। त्यसले यस्तो परिघटनाले संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको छ। समाजमा ठिक र बेठिकको लडाईं निकै चल्छ। तपाईंहरुले यसको मूल्यांकन गर्ने हो।’

अध्यक्ष भट्टराईले नेपाली जनताको सहभागितामा भएको परिवर्तनको पक्षमा टेलिश्रृंखला उभिने विश्वास व्यक्त गरे।

प्रकाशित: २७ भाद्र २०८१ २१:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App