२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

कोशीको संसदीय समितिको निर्वाचनमा ७ जनाको मनोनयन दर्ता

कोशी प्रदेश सभाको संसदीय समितिले २१ महिनापछि पूर्णता पाउने भएको छ। सत्तारुढ एमालेले तीन, कांग्रेसले तीन र माओवादी केन्द्रले एक समितिको सभापति पाउने भएका छन्। 

तीन दलबीच भएको सहमति अनुसार नै ७ वटा समितिको सभापतिको निर्वाचनका लागि बिहीबार भएको मनोनयनमा ७ जनाले उम्मेदवारी दिएका छन्।

संसदीय समितिको सभापतिमा कांग्रेस र एमालेबाट ३–३ र माओवादी केन्द्रबाट १ जनाले मनोनयन दर्ता गरेका हुन्।

प्रदेशसभा सचिवालयका अनुसार एमालेका सांसदहरू होमबहादुर थापाले प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नालले न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादवले उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा मनोनयन दर्ता गरेकी छन्।

यस्तै, कांग्रेसबाट सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद राईले उम्मेदवारी दर्ता गरेका छन्।

सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका राजन किराँतीले उम्मेदवारी दिएका छन्। समितिको सभापतिको निर्वाचन भदौ २८ गते हुने प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए।

प्रकाशित: २७ भाद्र २०८१ १९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App