१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री भइसक्नुभएका नेतालाई उहाँहरूको बौद्धिकतामा समाजवादको रूपरेखा छैन भनेर कसरी भन्नु: वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवादी उत्पादन पद्धति विकास गर्ने योजना संसदमा प्रस्तुत हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो कुरा बताएका हुन । उनले नेपालको संविधानले समाजवाद निर्माण गर्न राजनीतिक पार्टीहरूलाई मार्गदर्शन गरेको बताए ।

उनले समाजवाद उत्पादन पद्धति विकास गर्न मार्ग दर्शन गर्ने संविधान जारी भएको पनि १० वर्ष भइसक्दासमेत समाजवादी उत्पादन पद्धति विकास गर्ने योजना संसदमा प्रस्तुत हुन नसकेको बताए । यसबिचमा कम्युनिस्ट र कांग्रेस गरी तीन जना नेता प्रधानमन्त्री बनिसक्नुभएको र आलोपालो जारी रहेको बताए। 

समाजवाद सबभन्दा पछि विकसित भएको उत्पादन पद्धतिको नाम भएको उनको भनाइ छ । यस्ता उत्पादन पद्धतिहरू संसारमा अरु चार वटा प्रकट भइसकेको बताए । 

प्रकाशित: २५ भाद्र २०८१ १६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App