१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

हामी जनताका आँखामा आँसु देख्न सक्दैनौं: माधव नेपाल

फाइल।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या नेताहरुको समस्या भएको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उनले यस्तो जिकिर गरेका हुन्।

उनले सर्वोच्चको सो फैसलाले आम नागरिकहरुमा ठूलो असर परेको भन्दै नागरिकको पीरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको उल्लेख गरे।

"अहिले तपाईं हामी जुन पीरमर्कामा छौं, त्यो पीरमर्कापटी हाम्रो पार्टी संवेदनशील छ। जनताको समस्या हाम्रो पनि समस्या हो। जनताका आँखामा आँसु बहेको हामी देख्न सक्दैनौं। जनताको अनुहारमा हामी मुस्कान हेर्न चाहन्छौं।" उनले भने।

कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको भन्दै न्यायपालिकाले फैसलाको पुनरावलोकन गर्नुपर्ने उनले बताए। उनले आफू प्रधानमन्त्री भएको बेलामा ठूलाठूला निर्णयहरु गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरुको खुट्टा काँप्न थालेको समेत जिकिर गरे।

"एउटा परिवारलाई पनि पीडा हुन्छ भने त्यसले हामीलाई पोल्छ। पोल्नु पर्दछ। तब नै हामी जनताका सेवक हुन सक्दछौं। जनताको हितैसी हुनसक्छौं। जनताको सेवामा समर्पित छौँ भनेर भन्नसक्छौँ। आजसम्म जनताले हामीलाई पत्याएको कारण पनि त्यही हो। अब सवाल के छ भने अरुले गरेर हुँदैन, जसको हातमा कलम छ, उसैले गर्नुपर्छ। जसको हातमा अधिकार छ, उसैले गर्नुपर्छ।" उनले भने।

अध्यक्ष नेपालले संसद्को माध्यमबाट अहिलेको सरकारलाई झक्झक्याउने काम गरिरहेको पनि उल्लेख गरे।

प्रकाशित: २४ भाद्र २०८१ १६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App