१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

रास्वपा सांसद पराजुलीको प्रश्न: धनराज गुरुङलाई सहकारी ठगीमा छानबिन गर्ने कि नगर्ने ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानबिन गर्ने कि नगर्ने ?  भनेर प्रश्न गरेका छन्।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ रकम हिनामिनामा नेपाली कांग्रेसका सांसद धनराज गुरुङ र उनको श्रीमतीको नाम जोडिएको कुरा मिडियामार्फत सार्वजनिक भएको बताए । उनले सहकारीका अध्यक्ष कुम्भराज गुरुङले ठगी गरेको दाबीसहित उजुरी समेत दिएको भन्दै छानबिन गर्ने कि नगर्ने भनी कांग्रेस सांसदहरूमाथि प्रश्न गरे ।

 उनले गुरुङमाथि छानबिनको माग गर्दै संसदको बेल घेराउ गर्ने कि नगर्ने भनेर पनि प्रश्न गरे । त्यसै गरी एपिवान टेलिभिजनमा पनि जीवी राईको लगानी रहेको कुरा सार्वजनिक भएको भन्दै एपिवानमा लगानी गर्न सहकारीको पैसा लगिएको थियो कि थिएन सो पनि छानबिन गर्ने नगर्ने भनेर उनले अर्को प्रश्न गरे।

उनले सरकार बनाउन भुमिका खेल्ने एपिवान टिभीका मालिकलाई सरकारले छानबिन गर्ने हिम्मत राख्छ ? भनी गृहमन्त्रीलाई प्रश्न गरे । 

प्रकाशित: २४ भाद्र २०८१ १६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App