२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्थतन्त्र गतिशील बनाउन सरकार प्रतिबद्ध: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।

बिहीबार कञ्चनपुरको झलारीमा कांग्रेसका कार्यकर्तासँग भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अर्थतन्त्रको सुधार गर्न र निराशाको अन्त्य गर्न कांग्रेस–एमालेबीच स्थिर सरकार बनाइएको बताएका हुन।

‘सरकार अस्थिर हुँदा नयाँ समीकरण बन्ने भत्किने अवस्था थियो’, उनले भने, ‘सेवाप्रवाह ठिक ढङ्गले हुन सकेन, विकास निर्माणसँगै सुशासन अगाडि बढ्न पाएका थिएनन्।’ सात बुँदे सहमतिको जगमा बनेको सरकार देशमा भ्रष्ट्राचार नियमन गरी सुशासनको प्रत्याभूति दिने र दीगो शान्ति सुरक्षा प्रदान गर्न कटिवद्ध भएर अगाडि बढ्ने उनको भनाइ छ।

संविधानको कार्यान्वयन ठिक ढङ्गले गर्न आगामी निर्वाचनसम्म वर्तमान समीकरण रहिरहने उनले बताए। १८ वर्षदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायको काम नयाँ गठबन्धनको स्थिर सरकार बनेपछि टुङ्गोमा पुगेको उहाँले उल्लेख गरे। जसले गर्दा सरकारप्रति जनतामा विश्वास बढेको उनको भनाइ छ।

कञ्चनपुरलाई भारत, नेपाल, चीनबिचको त्रिदेशीय नाकाको रुपमा विकसित गरिने गृहमन्त्री लेखकले बताए। दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणसँगै महाकाली करिडोर निर्माणलाई तीव्ररुपमा अगाडि बढाइने उनले उल्लेख गरे।

त्रिदेशीय नाका बनाएर यहाँ उत्पादित वस्तुलाई निर्यात गर्न दैजी छेला औद्योगीक क्षेत्रमा उद्योग स्थापना गरिने  उनले जानकारी दिए। भूमिसम्बन्धी आयोग गठनको कार्य अन्तिम चरणमा रहेको उनले बताए।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न योजनाबद्ध रुपमा अगाडि बढेको उनको भनाइ छ। लागुऔषधको समस्या चुनौतीका रुपमा रहेकाले उनले भारतीय विदेश सचिवसँगको भेटमा सीमापार क्षेत्रबाट हुने लागुऔषध ओसारपसार रोक्न जोडदार रुपमा मुद्दा उठाएको बताए।

प्रकाशित: २० भाद्र २०८१ १७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App