३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

शर्माको फोटोसहित बालेनले राखेकाे स्टाटस फेसबुकबाट हट्यो, 'एक्स' मा भने यथावत

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले एमाले सांसद रेखा नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटेकाे छ।

मेयर शाहले आइतबार साँझ सांसद शर्माले बाल श्रमशोषण गरेको र उनलाई पक्राउ किन नगरेको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्दै स्ट्याटस राखेका थिए।

सो स्ट्याटस अहिले मेयर शाहको फेसबुक पेजबाट हटेको छ।

उनले लेखेका थिए, ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना बालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईँको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईँको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने ? कि नसमाउने ?,’

मेयर बालेनले उक्त स्ट्याटस एक्समा पनि राखेका थिए। एक्समा भने स्ट्याटस यथावत नै छ।

 

यो पनि पढ्नुहोस्

सांसद् रेखा शर्मालाई कारबाही गर्न बालेनको माग, ओलीको बचाउमा अनेरास्ववियु

 

प्रकाशित: १८ भाद्र २०८१ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App