१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

सभामुख घिमिरेले प्रमाणित गरे टिआरसी विधेयक

प्रतिनिधि सभाबाट पारित भएको संक्रमणकालीन न्यायसँग सम्बन्धित (टिआरसी) विधेयक सभामुख देवराज घिमिरेले प्रमाणित गरेका छन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बुधबार सभामुख देवराज घिमिरेले प्रमाणित गरेको सचिवालयले जनाएको छ। 

यो विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइसकेको थियो। साउन ३० गते प्रतिनिधि सभाबाट पारित भएको उक्त विधेयक राष्ट्रिय सभाबाट भदौ ६ मा पारित भएको थियो।

सभामुखले प्रमाणित गरिसकेपछि अब यो विधेयक संसद सचिवालयले प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने छ। 

प्रकाशित: १२ भाद्र २०८१ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App