१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

ओली र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

शनिबार दुवैबीच भएको भेटमा सरकारले गरिरहेका काम र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

‘आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए’, प्रधानमन्त्री ओलीले देउवासँगको भेटबारे सामाजिक संजालमा लेखेका छन्।

प्रकाशित: १ भाद्र २०८१ १६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App