४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदीय सुनुवाई समिति सभापतिको निर्वाचन साउन ३१ गते हुने

संघीय संसदको संसदीय सुनुवाई समितिको सभापतिको निर्वाचन साउन ३१ गते हुने भएको छ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ३१ गते सभापतिको निर्वाचन गर्न मिति तोकेका हुन्।

त्यस्तै राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन पनि साउन ३१ गते हुने भएको छ।

संघीय संसदको संयुक्त बैठक संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समिति र नियम २८ बमोजिम गठित राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन मिति २०८१ साल साउन ३१ गते हुने सभामुख घिमिरेले घोषणा गरे।

सभामुख घिमिरेले उक्त निर्वाचन सम्बन्धी सूचना आजै प्रकाशन गर्न संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयलाई निर्देशन दिए।

उनले भने, ‘संघीय संसदको संयुक्त बैठक संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समिति र नियम २८ बमोजिम गठित राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन मिति २०८१ साल साउन ३१ गते गर्नेगरी तोकेको छु। साथै उक्त निर्वाचन सम्बन्धी सूचना आजै प्रकाशन गर्न संघीय संसदका महासचिवलाई निर्देश गर्दछु।’

प्रकाशित: २९ श्रावण २०८१ १८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App