४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सार्कका विविध पक्षबारे छलफल

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ।

परराष्ट्रमन्त्री आरजु राणा देउवासँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिएको सार्क सचिवालयले जनाएको छ ।

सार्कको अध्यक्षका रुपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्रमन्त्रीका रुपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी सम्हाल्नुएकोमा मन्त्री राणाप्रति बधाईज्ञापन गरे।

भेटका अवसरमा उनीहरुबीच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो ।  

प्रकाशित: २९ श्रावण २०८१ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App