२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

आगोको भुङ्ग्रोमा उभिएको झाँक्री बा जस्तै भएको छु: सञ्चार मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रमा धेरै बेथिति रहेको बताएका छन् ।आइतबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सञ्चार क्षेत्रका बेथिति देख्दा आगोको भुङ्ग्रोमा उभिएको ‘झाँक्री बा’ जस्तै अनुभव भएको टिप्पणी गरेका हुन । 

उनले सञ्चार क्षेत्रमा हुने कुनैपनि काममा कानुन मिच्ने गरेको र बेतिथि रहेको बताए। उनले अहिले आगोको भुङ्ग्रोमा उभिएको झाँक्री बा जस्तै भएर बसेको तर आगोमा उभिएर ज्यान बचाइ काम गर्ने बताए। उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयभित्र रहेका बेथितिहरूलाई अन्त्य गर्दै आगामी दिनमा नेपालको आफ्नै स्याटलाइट बनाउने बताए ।

उनले आगामी चार वर्षमा नेपाललाई सम्पूर्ण रुपमा डिजिट लाइजेसनमा लैजाने प्रतिवद्धता जनाए। उनले नेपाल टेलिकम र एनसेल नवीकरण ८ किस्तामा तिर्ने प्रचलनको अन्त्य गर्ने पनि बताए। उनले ६० वर्ष पुराना ऐनको कारणले काम गर्न असहज भएको भन्दै एक वर्षभित्र सबै कानुन संशोधन र सुधार गर्ने गरी काम गरिरहेको बताए ।

उनले नेपाल टेलिकम,एनसेलले नवीकरण गर्न पाँच वर्षको अनुमति दिनका लागि २० अर्ब रुपैयाँ लाग्ने तर इन्टरनेट प्रदायकहरुलाई ३ लाख मात्रै लिने गरेको भन्दै सच्याउन आवश्यक रहेको बताए । उनले पाँच वर्षको लागि नवीकरण गर्ने २० अर्ब शुल्क ८ किस्तामा तिर्ने प्रचलनले घुस खोरी हुने गरेको भन्दै त्यसको अन्त्य गर्ने बताए ।

उनले इन्टरनेट सर्भिस प्रदायकहरुलाई एउटालाई २० अर्ब अर्कोलाई ३ लाख लगाउने गरेको भन्दै इन्टरनेट सर्भिस प्रदायकहरूको व्यवसाय बढ्दै गएकाले पुनर्विचार गर्न आवश्यक रहेको बताए । उनले सरकारले अविवेकपूर्ण निर्णय गर्न नमिल्ने भन्दै सुधार गर्दै लैजाने बताए । 

प्रकाशित: २७ श्रावण २०८१ २०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App