३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

पर्यटन मन्त्रीलाई पूर्व मन्त्रीहरूको सुझाव :नियामक र सेवा प्रदायक निकाय छुटाउनुस्

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गर्दै ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गरेका छन् ।

छलफलमा पूर्व पर्यटन मन्त्रीहरूले नेपाल नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकायहरू एक साथ राख्न नहुने बताउँदै अलग अलग बनाउनु पर्नेमा जोड दिएका छन्।

शुक्रवार मन्त्रालयमा भएको बैठकमा समग्र हवाई क्षेत्रको सुधारका लागि पूर्व मन्त्रीहरूको अनुभव सहितको सुझावका लागि मन्त्री पाण्डेले छलफल गरेका हुन ।

मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयनका विषयमा अलग अलग सुझाव मागेका थिए। सोही क्रममा पूर्व मन्त्रीहरूले नेपालमा जहाज दुर्घटना मानवीय, प्राविधिक र मौसमी कारणले हुने गरेको बताएका थिए । उनीहरूले मानवीय र प्राविधिक कारणहरू सुधार गर्न सकिने भए पनि मौसमी कारणबारे सचेत रहनु पर्नेमा जोड दिए।त्यसै गरी उनहरूले दुर्घटनापछि ज्यान गुमाइसकेका पाइलट माथि मात्र दोष लगाउन नहुनेमा समेत स्पष्ट पारे ।

पूर्व पर्यटन मन्त्रीहरूले   नेपाल नागरिक उड्डयन प्राधिकरणमा आमूल परिवर्तन आवश्यक भएको र सो नभएसम्म मन्त्रालय चुस्त, दुरुस्त रूपमा काम गर्न नसक्ने सुझाव समेत दिए। उनीहरूले मन्त्रालयको संस्थागत विकासका लागि ऐक्वद्व भएर सहयोग पुर्‍याउने बताए ।

पूर्व पर्यटन मन्त्रीहरूले नियामक निकाय र सेवा प्रदायक निकायलाई अलग अलग राख्ने विषय विधेयकमा राख्नु पर्ने सुझाव दोहोर्‍याएका थिए। यसका साथै उनीहरूले नागरिक उड्डयनतर्फ वैधानिक र कार्यान्वयनका क्षेत्रमा गम्भीर भएर काम गर्नु पर्ने सुझाव दिएका थिए ।  उनीहरूले तल्लो तहका कर्मचारीहरूले माथिल्लो तहका कर्मचारीलाई राजनीतिक शक्तिको आवरणमा धम्काउने भएकाले त्यसतर्फ समेत सचेत भई अघि बढ्न अनुरोध समेत गरेका थिए।

उनीहरूले जहाज खरिद र मर्मत गर्ने कुरामा सोच विचार गरेर मात्रै काम गर्न सुझाव दिए। नागरिक उड्डयन प्राधिकरण लगायतका क्षेत्रमा बेथिति रहेकाले सचेत भएर नडग मगाई काम गर्न समेत उनीहरूको सुझाव रहेको थियो।

पूर्व मन्त्रीहरूले घटना भएपछि आयोग बनाउनु भन्दा पनि घटना नहुँदै आयोग बनाएर दुर्घटना हुन नदिने गरी काम गर्नु पर्ने सुझाव दिनु थिए ।

त्यसै गरी उनीहरूले नजिकका स्वार्थ समूहहरूबाट बच्न समेत सुझाए। उनीहरूले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईसीएओ) नियम पालना गरेर अघि बढ्न समेत आग्रह गरेका थिए  ।  त्यस्तै 

उनीहरूले हवाई माफियाबाट सचेत रहन सुझाव दिएका थिए । विभागीय मन्त्रीहरूलाई विना कारण नियोजित रूपमा फसाउने षड्यन्त्र हुने भएकाले त्यसतर्फ सचेत रहन समेत अनुरोध गरेका थिए

त्यसै गरि उनीहरूले लुम्बिनी विकास कोष,पशुपति क्षेत्र विकास कोष, पर्यटन बोर्ड लगायतका क्षेत्रमा भएका बेथितिहरूको अन्त्य गर्दै अघि बढ्न जोड दिए। साथै विमान स्थल सुधारका लागि आयल  निगमको डिपोहरू सार्नु पर्ने, ट्याक्सी पार्किङमा सुधार गर्नु पर्ने, क्यानको वर्तमान संरचनामा सुधार गर्दै अघि बढ्न मन्त्री पाण्डेलाई सुझाव दिएका थिए । 

प्रकाशित: २५ श्रावण २०८१ १९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App