१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

६ वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्ने छ।

बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे नै बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकको छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ। त्यस्तै दिउँसो साढे १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ।

मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा  पुरातात्विक महत्वका सम्पदाहरुको अवस्था सम्बन्धमा छलफल, ग्यालरी बैठकभित्र रहेका पुरातात्त्विक वस्तुहरुको संरक्षण सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै दिउँसो २ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वर्षायाममा डेँगु, हैजा लगायतका सरुवा रोग संक्रमणको हालको अवस्था, सरुवा रोग नियन्त्रणको लागि मन्त्रालय र अन्तर्गतका निकायबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना, समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजना सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित: २४ श्रावण २०८१ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App