२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
राजनीति

भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिँदैनौं: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने सवालमा सरकारको प्रतिबद्धता दृढ रहेको बताएका छन्।

समृद्ध नेपाल: सुखी नेपाली बनाउने सरकारको अभियानमा भ्रष्टाचार खतरनाक तगारोको रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको अन्त्य गर्न सरकार दृढतापूर्वक लागिपर्ने बताएका हुन्।

मंगलबार सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिने काम सरकारले नगर्ने पनि स्पष्ट पारे।

नेपाल सरकारको भ्रष्टाचार सम्बन्धी शून्य सहनशीलता, म भ्रष्टाचार गर्दिन र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्ने ‘स्पिरिट’ रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसमा तलमाथि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा कसैप्रति पूर्वाग्रह नराख्ने अडान पनि राखे। कसैलाई दुःख दिने नियतका साथ सरकारले कुनै पनि काम नगर्ने प्रधानमन्त्री ओलीको भनाई थियो।

उनले भने, ‘नेपाललाई समृद्ध बनाउन जरुरी छ। र नेपाली जनतालाई सुखी बनाउन जरुरी छ। नेपाल समृद्ध होस, नेपाली जनताको आवश्यकताहरूको परिपूर्ति होस। यस अभियानमा भयानक, खतरनाक तगारो भनेको भ्रष्टाचार हो। र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा सरकार अत्यन्तै प्रतिबद्ध रहेको कुरामा म सबैलाई अवगत गराउन चाहन्छु।’

प्रकाशित: २२ श्रावण २०८१ १६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App