७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्णाली विकट होइन, विराट छः उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभइ विराट रहेको बताएका छन्।  

काठमाडौंमा पुनः प्रदर्शनमा आउन लागेको चलचित्र बुलाकीको ट्रेलर सार्वजनिक कार्यक्रममा सोमवार बोल्दै उनले कर्णाली पहिला विकट भएपनि विराट रहेको उल्लेख गरे। उनले कर्णाली सभ्याता, श्रोत, साधनले भरिपूर्ण रहेको उल्लेख गर्दै मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली प्रदेशमा रहेको बताए। 

कर्णालीको श्रोत साधनको उपयोग गरेर देशलाई पनि सम्पन्न बनाउनुपर्ने बताउँदै उपसभापति खड्काले कर्णालीको कला, संस्कृति र सभ्यतालाई विश्वभर पुर्‍याउने क्रममा सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने धारणा राखे।  

उनले भने, 'कर्णालीको श्रोत साधनको उपयोग गरेर १५ वर्ष भित्र हामी सिंगो मुलुकलाई कर्णालीको विराट श्रोत साधनबाट सम्पन्न देशलाई नै बनाउँदैछौँ । कर्णाली कुनै बेला विकट थियो, अब विराट छ ।’

सोही कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले कर्णाली समृद्ध ठाउँ भएको बताउँदै धर्म, संस्कृति, प्रकृति, जीवनशैलीले कर्णाली समृद्ध रहेको उल्लेख गरिन्। कर्णाली सिनेमाका लागि अथाह सम्भावनाको क्षेत्र बन्नसक्ने उनको भनाइ थियो। 

प्रकाशित: २१ श्रावण २०८१ १७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App