सांसद शान्ति चौधरीले सांसदहरूले नै नेपाली बोल्न नजान्नेले कानुनको कुरा गर्ने भन्दै आक्षेप लगाएको बताएकी छिन्।
मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद चौधरीले विभिन्न समुदायबाट आएका सांसदलाई नेपाली बोल्न गाह्रो हुने बताउँदै सांसदहरूले नै नेपाली बोल्न नजान्नेले कानुनको कुरा गर्ने भन्दै आक्षेप लगाएको बताएकी हुन्।
उनले भनिन्, 'हामी प्रतिनिधि सभामा विभिन्न जातजातिका व्यक्तिहरू समुदायबाट छनोट भएर आएका छौँ। बोल्दा खेरी हामीलाई धेरै आफ्ट्यारो हुन्छ। म थारु नेपाली भाषामा बोल्दा निकै अफ्टायारो हुन्छ। तर पनि सबै जनताहरूले बुझुन् र सदनले पनि बुझोस् भनेर हामीले नेपाली भाषामा बोल्ने जमर्को गर्दछौँ। तर मैले यहाँ के सुने भने यहाँ प्रस्ट बोल्न नजान्ने हरु कानुनको कुरा गर्ने भन्ने आक्षेप लगाएको सुने यसमा खेद प्रकट गर्दछु।'
प्रकाशित: २१ श्रावण २०८१ १४:५६ सोमबार