२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

फाइल तस्बिर

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा  नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले शाहलाई  आइतबार  मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार राजीनामा दिएपछि  प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आइतवार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकारको आह्वान गरेका थिए।

आइतबार उनी एमालेको सर्मथनमा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन । पहिलोपटक उनी   २०७९ माघ २६ मा मुख्यमन्त्री बनेका थिए  समीकरण फेरिएपछि  शाहले  चैत २२ मा राजनीतिक राजीनामा दिएका थिए ।

उनी समग्रमा सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन् । प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भए। 

प्रकाशित: २० श्रावण २०८१ १७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App