२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनीका मन्त्रीलाई नौ दिनपछि विभागीय जिम्मेवारी

लुम्बिनी प्रदेशको मन्त्रीमा सपथ खाएको नौ दिनपछि विभागीय जिम्मेवारी प्रदान गरिएको छ । मुख्यमन्त्रीबाहेक सरकारमा नियुक्त ८ मन्त्रीलाई प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले मन्त्रालयको जिम्मेवारी तोकेका हुन्। साउन ९ गते सपथ खाएका मन्त्रीहरू अहिलेसम्म विना विभागीय थिए ।

लुम्बिनी सरकारमा हालसम्म मुख्यमन्त्री बाहेक कांग्रेसबाट ४ र एमालेबाट ४ मन्त्री छन् । प्रदेश प्रमुखले तोकेको जिम्मेवारी अनुसार कांग्रेसका धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसै गरी कांग्रेसकै प्रचण्ड विक्रम न्यौपानेलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालय,  बादशाह कुर्मीलाई वन तथा वातावरण मन्त्रालय र सरोज थापालाई सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसै गरी एमालेका तर्फबाट भुमिश्वर ढकाललेभौतिक पूर्वाधार विकास मन्त्रालय, दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालय,  खेम सारू मगरले स्वास्थ्य मन्त्रालय र सीता शर्मा  चौधरीले उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन । 

बाँकी रहेका तीन मन्त्रालय मुख्यमन्त्री चेतनारायण आचार्य आफैले सम्हालेका छन् । मुख्यमन्त्री आचार्यले सामाजिक विकास मन्त्रालय,आन्तरिक मामिला तथा कानुन र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राखेका छन् ।

यी तीन मन्त्रालयमध्ये एउटा नेपाली कांग्रेसलाई र बाँकी दुई मन्त्रालय साना दलहरूका लागि राखिएको छ । कांग्रेसका तर्फबाट सरकारमा ५ मन्त्री जाने सहमति अनुसार कांग्रेसबाट सरकारमा थप एक मन्त्री सहभागी हुने छन् । अहिले कांग्रेसबाट चार मन्त्री मात्रै सहभागी भएका छन् । कांग्रेसलाई थप एउटा मन्त्रालय दिइएपछि बाँकी रहेका दुई मन्त्रालय साना दलहरूका लागि राखिएको कृषि मन्त्री मन्त्री दिनेश पन्थीले जानकारी दिए । उनका अनुसार सरकारको समर्थनमा रहेका साना दलहरू मध्य कुन कुन दललाई सरकारमा सहभागी गराउने भन्ने बिषयमा भने एकिन सकेको छैन ।

प्रकाशित: १८ श्रावण २०८१ १५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App