११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन्।

बुधवार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन बैठक व्यवस्थापन गरिदिन आग्रह गरेका थिए।

मुख्यमन्त्रीको आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले आज दिउँसो ४ बजेका लागि प्रदेश सभाको बैठक बोलाएको प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

नेकपा एमालेले गत असार २० मा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिन लागेका हुन्। एमाले र कांग्रेसको गठबन्धन बनेपछि सोडारी अल्पमतमा परेका छन्।

मुख्यमन्त्री सोडारीले  विश्वासको मत नपाउने निश्चित छ। किनकि उनीसँग माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र १ स्वतन्त्र सांसद गरी १५ सांसदको मात्रै समर्थन छ।

५३ जना सांसद रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिमा २ सासंद छन्।

प्रकाशित: १८ श्रावण २०८१ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App