आज एकैपटक चारवटा संसदीय समितिको बैठक बस्न लागेको छ।
बिहान ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्न लागेको छ। आजको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुने बताइएको छ।
त्यस्तै बिहान ११ बजे नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने छ। जसमा प्राविधिक शिक्षालय सञ्चालनका लागि सम्बन्धन स्वीकृति सम्बन्धमा परेको उजुरी÷निवेदनका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँग छलफल हुनेछ।
सोही समयमा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बोलाइएको छ। बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल कार्यसूची रहेको छ।
त्यस्तै दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बोलाइएको छ। बैठकमा राष्ट्रिय सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग सङ्कल्प प्रस्ताव सम्बन्धमा छलफल हुनेछ।
प्रकाशित: १७ श्रावण २०८१ ०९:०३ बिहीबार