८ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि विश्वासको मत लिने तयारी गरेका छन्।

बुधवार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिन बैठक व्यवस्थापन गरिदिन आग्रह गरेका छन्।

मुख्यमन्त्रीको आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले भोलि दिउँसो ४ बजेका लागि प्रदेश सभाको बैठक बोलाएको प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

नेकपा एमालेले गत असार २० मा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिन लागेका हुन्। एमाले र कांग्रेसको गठबन्धन बनेपछि सोडारी अल्पमतमा परेका छन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ।

प्रकाशित: १७ श्रावण २०८१ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App