१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

देशले संघीयता धान्न सक्दैन खारेज गर्नुपर्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकले अहिलेको यस्तो संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन्।

दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने उनको जिकिर थियो । पार्टीको काठमाडौं ६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले साम्यबाद, समाजबाद र पुँजिवादको बिकल्प जरुरी भएको बताए ।

नयाँ बैचारिक दर्शनको आवश्यकता भएकोले सम्बर्द्धनबादलाई अबको मार्गचित्र बनाउनु पर्नेमा थापाको जोड थियो । काङ्ग्रेस, एमाले, माओवादीको बिकल्प दिने शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै थापाले जनताको बीचमा जान ढिलाई गर्न नहुने र सशक्त राप्रपा नेपाल आजको आवश्यकता भएको समेत बताए।

बिदेशी हस्तक्षेप र दबाबबाट आएको प्रणालीले मुलुकको हित हुन नसक्ने भएकोले सबै अट्ने मौलिक व्यवस्थाले मात्र देशलाई निकास दिने उनको दाबी थियो ।

प्रकाशित: १५ श्रावण २०८१ १६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App