३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ।

बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने समितिका सचिव पद्मप्रसाद पाण्डेयले बताए।

प्रस्तावित निर्वाचन आयुक्त प्रधारमाथिको सुनुवाइ सकिइसकेकाले आज अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न समितिको बैठक बस्न लागेको हो।

प्रधानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको संवैधानिक परिषद्को गत असार २ को बैठकले आयुक्तमा सिफारिस गरेको थियो।

प्रधानविरुद्ध आफ्नै कार्यालयमा कार्यरत महिलामाथि सन् २०१७ देखि २०२२ सम्म लगातार यौन हिंसा गरेको एउटै विषयका चारवटा उजुरी परेका थिए। समितिले असार १९ गते पीडित महिलालाई नै बोलाएर उजुरी र घटनाको बारेमा सोधपुछ गरेको थियो। पीडित महिलाले आफूमाथि प्रधानले यौन दुराचार गरेको प्रमाणसहित भनाइ राखेकी थिइन्। पीडितको बयानपछि प्रधानले आफ्नो चरित्रमाथि प्रश्न गर्ने जवाफ संसदीय समितिलाई नरहेको जवाफ दिएका थिए। 

प्रकाशित: १४ श्रावण २०८१ ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App