२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्व सांसद मञ्चद्वारा गृहमन्त्री लेखकसँग भेटवार्ता

पूर्व सांसद मञ्चले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेको छ । पूर्व सांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार गृह मन्त्रालय पुगेर मन्त्री लेखकसँग भेटवार्ता गरेको हो ।

पूर्व सांसद मञ्चका अध्यक्ष श्रेष्ठले गृहमन्त्री लेखकलाई बधाइका साथै सफल कार्यकालको शुभकामना दिएको बताए  ।‘‘उहाँको कार्यकाल सफल होस् । राम्रोसँग काम गर्नुहोस् । अहिलेको अस्तव्यस्ताबाट निकास निकाल्न सफल हुनुहोस् भनेर शुभकामना दिएका छौँ,’ उनले भने, पूर्व सांसद मञ्च संसदको सल्लाहकार समिति हो । संसदले पनि सल्लाहकार संस्थाका रुपमा स्वीकृत दिएको छ ।’

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पूर्व सांसद मञ्चलाई गृह मन्त्रालयको राष्ट्रिय निर्देशन ऐन अनुसार दर्ताको व्यवस्था मिलाइ दिन पूर्व सांसदहरूले माग राखेका थिए। साथै पूर्व सांसदहरूले  निरन्तर जनताको काममा रहेको भन्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउन पनि उनीहरूको माग थियो ।  पूर्व सांसद मञ्चको माग सम्बोधनका लागि कोसिस गर्ने गृहमन्त्री लेखकले आश्वासन दिएका थिए । 

प्रकाशित: ११ श्रावण २०८१ १७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App