२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

बागमती सरकार विस्तार: कांग्रेसबाट थपिए चार मन्त्री, एक मन्त्री बिना विभागीय

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसका तर्फबाट मन्त्री भएकाहरुलाई पनि जिम्मेवारी तोकेका छन्।

बिहीबार कांग्रेसका तर्फबाट चार जनालाई मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री लामाले बुधबार शपथ लिएका दुई जनालाई पनि जिम्मेवारी तोकेका हुन्।

बिहीबार विस्तार भएसँगै बागमती सरकार १४ सदस्य भएको छ। प्रमुख सत्तासाझेदार नेकपा (एमाले) ले बुधबार आफ्नो भागमा परेका सबै ६ जना मन्त्री सरकारमा पठाएको थियो। 

बिहीबार नियुक्त भएका प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद र बिमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

बुधबार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। कांग्रेसबाट बुधबार नै मन्त्री भएका मदुकुमार श्रेष्ठको भने मन्त्रालय टुंगिएको छैन।

एमालेबाट प्रकाश श्रेष्ठ कृषि, अमनकुमार मास्के भौतिक पूर्वाधार, किरण थापा मगर स्वास्थ्य, कृष्णप्रसाद सिलवाल वन, प्रेमभक्त महर्जन श्रम रोजगार र शुकमाया तामाङ उद्योगमन्त्रीका रुपमा बुधबारबाटै जिम्मेवारी सम्हालेका छन्।

प्रकाशित: १० श्रावण २०८१ १९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App