४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रविलाई ओलीको जवाफ: परार बनेको पार्टीले संविधान बनेको जिम्मा लिनुपर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गरी संविधान बनेको र लोकतन्त्र ल्याएको जिम्मा लिनु नपर्ने बताएका छन्।

प्रतिनिधिसभामा प्रस्तुत विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

‘कैलेकैले आक्रोश देखियो। परारको साल बनेका पार्टीले संविधान बनाएको जिम्मा लिन्छ रु पर्दैन हामी नै लिन्छौँ,’ प्रधानमन्त्री ओलीले भने,‘लोकतन्त्रका लागि लडेको, लोकतन्त्र ल्याएको जिम्मा हामी लिन्छौँ, पर्दैन हामी नै लिन्छौँ। त्यसमा चिन्ता नलिऊ, हामी आरोप पनि लगाउँदैनौँ।’

यत्रो परिवर्तन भएर राणा शासनको अन्धकार युगदेखि आजसम्म नेपाल आइपुगेको र त्यसमा आफूलाई गर्व रहेको उनले बताए। ‘त्यसका लागि संघर्ष ग¥या छ, बलिदान ग¥या छ हामीलाई त्यसमा गर्व फिल छ,’ प्रधानमन्त्री ओलीले भने।

केही कमजोरी भएको स्विकार्दै ती कमीकमजोरी हटाउनुपर्ने उनले बताए। उनले भने,‘तर केही पनि भएको छैन होइन, परिवर्तन भएको छ।’

प्रकाशित: ६ श्रावण २०८१ १८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App