२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेस सरकारबाट समर्थन फिर्ता लिने तयारीमा कांग्रेस,पूर्णता नपाउँदै सिंह सरकार धरापमा

मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिने तयारी गरेको छ। बिहीबार कांग्रेस संसदीय दलको बैठक बसेर आधिकारिक निर्णय गर्न लागेको  कांग्रेसका सांसद कुमारकान्त झाले जानकारी दिए ।

मुख्यमन्त्री सतिश कुमार सिंहले सहमति अनुसार मन्त्रालय नदिएको कांग्रेसको गुनासो छ। अर्थ मन्त्रालयसहित चार मन्त्रालय र  दुई राज्यमन्त्री दिने सहमति भएको कांग्रेसका सांसद कुमारकान्त झाले जानकारी दिए। तर, त्यो सहमति अनुसार मन्त्रालय बाँडफाँट नहुँदा कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको उनले बताए ।बिहीबार संसदीय दलको बैठक बस्दैछ, उनले भने, ‘बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’

सिंह सरकारलाई अहिले कांग्रेस, नेपाल एमाले, लोसपा र जनमतको समर्थन रहेको छ  । कांग्रेसले जनार्दनसिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । तर, मन्त्रालय बाँडफाँटमा सहमति नभएपछि अहिलेसम्म सपथ ग्रहण हुन सकेको छैन । अब कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य थालेको पनि बुझिएको छ। 

प्रकाशित: २ श्रावण २०८१ १९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App